मकवानपुर बहुमुखी क्याम्पसमा आजदेखि निशुल्क लेखापालन तालिम सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा तालिमको शुभारम्भ गरिएको हो ।
तालिमको उदघाटन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनालको अध्यक्षतामा भएको थियो भने मकवानपुर बहुमुखी क्याम्पसका क्यामपस प्रमुख डा. यम सिलवालको प्रमुख आतिथ्यता रहेको थियो ।
आइतबारदेखि १० दिनसम्म सञ्चालन भएको तालिमको प्रशिक्षण किशोर अर्यालले गरिरहनुभएको छ । विद्यार्थीहरूको सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यास क्षमताको विकासको लागि तालिम आयोजना गरिएको क्याम्पस कमिटी अध्यक्ष खनालले बताउनुभयो ।
तालिममा व्यवस्थापन सङ्काय अन्तगत स्नातक तहमा अध्ययनरत १ सय २० भन्दा बढीको सहभागिता रहेको छ ।