मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

प्रगति माविमा तीन दिने पुनर्ताजगी तालिम

Nigarani Online 520+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

हेटौँडा ९ स्थित प्रगति माध्यमिक विद्यालयमा आइतबारबाट पुनर्ताजगी तालिम सुरु भएको छ । तीन दिनसम्म चल्ने तालिममा सूचना प्रविधि, विषयगत तथा योजना निर्माणसम्बन्धी तालिम दिइने बताइएको छ । 

तालिमको पहिलो दिन आज सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गरिएको छ । प्रशिक्षक विवश थापाले सहजीकरण गर्नुभएको तालिममा शिक्षण सिकाइका क्रममा प्रयोग गर्न सकिने मोबाइल एप, शैक्षिक सामग्री निर्माण, प्रमाणपत्र निर्माणलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । 

तीनदिने तालिमअन्तर्गत सोमबार विभिन्न विषयको पाठ्यक्रम तथा प्रश्नपत्र निर्माण सम्बन्धी तालिम दिइने विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभयो । सोमबार नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको पाठ्यक्रम र प्रश्नपत्र निर्माण सम्बन्धी प्रशिक्षण दिने कार्यक्रम रहेको छ । 

तेस्रो दिन शिक्षा महाशाखा हेटैाँडा उपमहानगरपालिकाका प्रमुख सीताराम कोइरालाबाट शिक्षक र विद्यालय प्रशासनले निर्माण गर्नुपर्ने योजनालगायतका विषयमा सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।  

तालिमको आज शुभारम्भ गर्दै विद्यालयका प्राचार्य निरन्जप्रसाद ढकालले तीन दिनसम्म तालिममा सिकेका कुराहरूलाई शिक्षण सिकाइका क्रममा प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । उहाँले शिक्षकले नयाँ शैक्षिक सत्रमा कक्षाकोठामा प्रवेश गर्नुअघि नयाँ कुरामा अद्यावधिक हुनुपर्ने भएकाले यो तालिमको आयोजना गरिएको बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीले विद्यालयको भौतिक संरचना मात्रले गुणस्तरीय शिक्षा प्रदान हुन नसक्ने भएकाले यस्तो तालिमको आयोजना गरिएका बताउनुभयो । हजारौँ बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी बोकेका शिक्षकलाई तालिमको आवश्यकता पर्ने भएकाले विद्यालयकै खर्चमा पुनर्ताजगी तालिम प्रदान गर्ने योजना आफूहरुले बनाएको बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीको अध्यक्षतामा भएको तालिममा विद्यालयका ३५ जना शिक्षकको सहभागिता रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार