बसामाडी जेसिजको नयाँ कार्यसमति निर्विरोध चयन

Nigarani Online 433+ समाचार ( )
२१ पौष २०८०, शनिबार

बसामाडी जेसिजको अध्यक्षमा उद्धवराज कठायत चयन हुनुभएको छ । आज सम्पन्न २४ औं साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष कठायतसहित नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । 

कार्यकारिणी उपाध्यक्षमा सुदिप नेपाल, दिपेन्द्र यादव चयन हुनुभएको छ ।  यसैगरी उपाध्यक्षहरूमा प्रमोद उप्रेती,ध्रुव गौतम, अभ्युदय खनाल र आयुश बोम्जम चयन हुनुभएको हो । 

हेटौंडा ४ मा कार्यक्रम सम्पन्न भएको हो । जेसीज वर्ष २०२३ का अध्यक्ष जनक शर्मा भण्डारीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार