कान्ति लोकपथको भट्टेडाँडा सडकखण्ड विस्तारकाे काम सुरु

Nigarani Online 505+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

राजधानीबाट हेटौडा जाने आउने कान्ति लोकपथको भट्टेडाँडा सडकखण्ड काल्चेभीरबाट सडक विस्तारकाे काम सुरु गरिएकाे छ । 
सडक विस्तार सरु भएकाले  बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सडक बन्द गरिएकाे छ ।  चैत १ गतेबाट सडक बन्द भएको हाे । 
भट्टेडाँडा प्रहरी चौकीका प्रहरी हवल्दार शम्सेर माझीले विहान १० बजेखि ५ बजेसम्म एम्बुलेन्स समेत बन्द गरेर काम सुचारु गरिएको बताए ।
आजदेखि दुई वटा मेसिन चल्ने उनले बताए । उनले भने, ‘वैशाख १५ गतेसम्म सडक बन्द हुन्छ । बेलुका आवत जावत गर्न पाइन्छ ।’ सडक सुचारु गर्न र मर्मतका लागि सुरक्षार्थ प्रहरीचौकीबाट दुई जवान तैनाथ रहेको प्रहरी हवल्दार माझीले बताए ।
कान्तिलोकपथ सडक सुधार आयोजनाका अनुसार सडक फराकिलो बनाई भित्तामा पर्खाल लगाइनेछ ।
बर्षा याम सुरु भएपछि पहिरोले दुःख दिने अवस्था रहेकाले बर्षा अगाडि नै सडक सुधार गर्न लागिएको हो । कान्तिलोकपथको काल्चेको पहिरो बर्षा याममा सधैजसो दुःख दिने गरेको छ ।
केही समयदेखि संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी हटौडा ओहोर दोहोर गर्न कान्तिलोकपथ खुला गरेपछि यात्रुले सहज रुपमा यात्रा गर्न पाइरहेका छन् ।
तराई जानका लागि २०१३ सालमा खुलेको यो सडक लामो समयसम्म अपलत्र थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार