तपस्वी बोम्जनमाथि सरकारी रवैया

Nigarani Online 318+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

सरकारले लिटिल बुद्धका नामले परिचित तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ । सर्लाही जिल्ला अदालतमा उनको बयान लिइरहेको छ । 

उनी विरुद्ध यथेस्ट प्रमाण भने प्रहरीले जुटाउन सकेको छैन । कसैले दिएको उजुरीको आधारमा उनीमाथि जिल्ला अदालत सर्लाहीले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई प्रहरीले खोजी गरिरहेको थियो । 

केही दिनअघि उनी काठमाडौँबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । 

बम्जनको पक्राउले फेरि पनि नेपालको सरकार, कानुन, अदालत र प्रहरीमाथि प्रश्न चिह्न उब्जाएको छ । कसैले दिएको उजुरीको छानवीन नगरी पक्राउ गरेर सार्वजनिक किन गरिन्छ ?  

उजुरीमा भनिए जस्तै घटना भएको हो कि होइन भनेर गोप्य अनुसन्धान गरेर मात्र कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने थियो । तर उजुरी पर्नेबित्तिक्कै सत्यतथ्य पत्ता नलगाई अपराधिसरह व्यवहार किन गरिन्छ ? यस्तै हो नेपालको कानुन ?  

उजुरी पर्नेबित्तिक्कै कसैको बदनाम हुने गरी होहल्ला मच्चाउँदै पक्राउ गर्नुपर्ने ? सार्वजनिक गर्नुपर्ने हो ? उसको जीवन नै तहसनहस पार्नुपर्ने नेपालको कानुन र नियममा छ ? सुरक्षाकर्मीलाई यस्तै अधिकार दिइएको हो ? 

यति धेरै चर्चामा रहेका र धेरै मान्छे अनुयायी भएका व्यक्ति विरुद्ध भोलि प्रमाण जुट्ने कि नजुट्ने भन्ने निक्र्याेल नहुँदै अपराधी करार किन गरिन्छ ? 

यहाँ मानव अधिकार उजुरीकर्ताको मात्र हुन्छ ? उजुरी पर्ने व्यक्तिको चाहिँ हुँदैन ? नेपालको मौलिक हकले उजुरीकर्तालाई मात्र चिन्ने हो  ? सबै नागरिक समान हुनुपर्ने हो कि होइन ? अनि किन रामबहादुर बोम्जनमाथि अपराधि सरह व्यवहार गरिएको हो ? 

उनले गरेका के थिए भन्ने कुराको प्रमाण न अदालतसमक्ष छ न प्रहरी समक्ष नै । मात्र एउटा उजुरीका आधारमा कुनै अपराधीलाई जस्तै खोजतलास गर्नुपर्ने, होहल्ला मच्चाउनुपर्ने काम किन हुन्छ यहाँ  ? यही कुरालाई अर्काे तरिकाबाट पनि गर्न सकिन्थ्यो होला नि । 

गोप्य तरिकाले अनुसन्धान गर्दा के फरक पथ्र्याे ? यदि आरोप प्रमाणित भएमा मात्र यो कुरालाई बाहिर याइदिएको पनि त हुन्थ्यो होला ? 

यस्ता कुराले यहाँको कानुन नियमहरूमाथि सधैँ शङ्कै शङ्का उब्जाइरहन्छ । 

जब मान्छे सफलताको शिखरमा पुग्छ तब यहाँ अनेक हत्कण्डा अपनाएर उसलाई पतन बनाउने अभियान चालिन्छ । रामबहादुर बम्जन जङ्गलमा तपस्या गरेर बस्छन् । उनको प्रवचन र ध्यानबाट लाखौँ मान्छे प्रभावित भएका छन् । उनी नेपालका मात्र होइन विश्वका विभिन्न देशका मानिसहरू माझमा लोकप्रिय बनिसकेका छन् । 

मान्छेलाई कसैले त्यतिकै समर्थन गर्दैन । कसैको भक्त वा अनुयायी कुनै नै कुनै कारणले बनेका हुन्छन् ।

जीवन बदल्ने अभियानले नै मान्छेले साथ दिइरहेका हुन्छन् । मान्छेलाई समस्याबाट मुक्ति दिएका कारणले नै समर्थन पाएका होलान् । जब धेरै अनुयायी हुन्छन् भक्तहरू हुन्छन् उनीमध्ये कसै न कसैलाई कुनै कुरामा चित्त नबुझ्न सक्छ । सबैलाई सबै कुरामा चित्त बुझाउन सकिन्छ भन्ने हुँदैन । 

बोम्जनको चर्चा र लोकप्रियताले आकाश छोइरहेको थियो । उनलाई नेपाली नागरिक र मिडियाले मात्र होइन विश्वका चर्चित सञ्चार माध्यमले पनि स्थान दिइरहेका थिए । तर एकाएक उनीमाथि बलात्कार आरोप लगाई कसैले मुद्धा दायर गरिदियो र अदालतले उनलाई पक्राउ पुर्जी जारी ग¥यो । 

मानव अधिकारको हुर्मत लिने काम कानुनको ठेक्का लिएर बसेको अदालतबाट नै हुन्छ । 

अदालत एकपक्षीय न्याय गर्न खोज्छ । एउटालाई न्याय दिने बाहनामा अर्काे पक्षलाई बदनाम गराउँछ । उसको अपमान गर्छ र जीउनु र मर्नुको दोसाँधमा उभ्याइदिन्छ । 

यहाँ रामबहादुर बोम्जन कुनै साधारण मान्छे भन्दा विशिष्ट मान्छे हुन् उनी लाखौँका आस्थाका प्रतीक हुन् । हजारौँलाई मन परेका व्यक्ति मात्र होइनन कि उनका प्रवचन र ध्यानले मानव जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेका मन्छे हुन् । उनलाई कुनै ठुलै अपराधीसरह व्यवहार राज्यले गरेको छ । नेपालको कानुनले गरेको छ र सरकारले गरेको छ । 

उनले न कसैलाई चोरी गर्न सिकाएका हुन् न हिंसाको पाठ सिकाएका हुन् । उनले अहिंसाको बाटो देखाउँदै थिए । ध्यानका माध्यमबाट जीवनलाई बुझ्न र चिन्तन गर्न सिकाउँदै थिए । सत्मार्गमा हिँड्न मान्छेलाई प्रेरित गर्दै थिए । अहिलेको युगमा तनाव, सङ्घर्ष, निराशापूर्ण जीवन बाँचेकाहरूलाई बाँच्ने सरल उपाय सिकाउँदै थिए । यही कुरालाई अपराध मानिन्छ भने कस्तो कुरालाई असल मानिने हो ? 

राज्य सुशासनको कुरा गर्छ तर अराजकतालाई प्रश्रय दिन्छ । अनुशासन सिकाउने व्यक्ति उसको दृष्टिमा अपराधी हुन्छ । अराजक हुन्छ । नैतिकताको पाठ सिकाउने, जीवनको रहस्य बोध गराउने व्यक्तिलाई राज्यले देख्न पनि चाहँदैन । 

बरु त्यसका विपरीत भ्रस्टाचारीलाई प्रश्रय दिन्छ । राज्यको सम्पत्तीमाथि लुट मच्चाउनेहरुलाई सम्मानपूर्वक हिँड्न छुट छ ।  

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई सरकारले छाडेको छ । यही आरोपमा मुछिएकी आरजु राणालाई बचाउन अनेक जालझेल रचेर संसदीय समितिको सभापति नै बनाइएको छ । ललिता निवास प्रकरणलाई त्यत्तिकै ओइल्याउन दिइँदै छ । 

सुनकाण्डमा मुछिएकाहरूलाई सुनपानी छर्केर चोख्याउने काम भइरहेको छ । एनसेल प्रकरण अलपत्र छ । यति ओम्नी प्रकरण आदिको फाइल धमिरा लाग्न थालिसके । उनीहरूलाई सम्मानपूर्व बाँच्ने अधिकार हुने अनि एउटा तपस्वी, साधुलाई अपराधिसरह व्यवहार गर्नुपर्ने कस्तो न्याय हो यो देशमा ? 

अकुत सम्पत्ति कमाउनेहरूको सम्पत्ति छानवीन हुँदैन अनि भक्तहरूले दान दिएको पैसालाई राज्यले राज्यकै पैसा लुटेसरह सार्वजनिक गर्नुपर्छ ? 

प्रधानमन्त्रीकी नातिनी र पूर्वमन्त्री विरोध खतिवडाको छोरीको विवाहमा खर्च गर्ने करोडौँ रुपियाँ कहाँबाट आयो ? यसरी राज्य लुटेको पैसाले छोरी नातिनीको विवाह गर्न हुने तर दान दिएको पैसालाई राज्यले नियन्त्रणमा लिनुपर्ने ? 

भ्रस्टाचारीहरूले देशलाई भित्रभित्रै खोक्रो बनाइरहेका छन् । धमिरा सरह देशलाई भित्रबाट सिध्याउँदै छन । त्यसको उपचारमा सरकारलाई कुनै चासो छैन तर संसारले सम्मान र आस्था गर्ने व्यक्तिलाई बदनाम गराएर ठुलै सफलता पाए जस्तो गर्छ । 

रामबहादुर बम्जनले देशलाई हानी हुने काम कहाँ गरे ? देशलाई बदनाम गराउने काम कहिले गरे ? बरू उनले त देशमा धार्मिक पर्यटन भित्र्याउने काम गरिरहेका थिए । उनलाई उनका भक्तले विश्वास गरेर दिएको पैसामाथि राज्यको किन यति साह«ो गिद्धेदृष्टि ? 

आस्था र विश्वास मानिसको सबैभन्दा ठुलो कुरा हो ? यही आस्थाले र विश्वासले मानिसलाई मानिस बनाएको हुन्छ । यही आस्थाले मान्छेले अगाडि हिँड्ने बाटो देखिरहेको हुन्छ । भविष्य देखिरहेको हुन्छ । बितेको कुराहरूको समीक्षा गर्न सिकाएको हुन्छ । यस्ता विश्वासका धरोहरलाई बदनाम गराउँदा करोडौँका विश्वासहरू घाइते बन्छन् । 

घाइते विश्वासले कसैलाई पनि विश्वास गर्दैन । गौतम बुद्धको देशमा गौतम बुद्धले जस्तै ज्ञानको उपदेश दिने व्यक्तिमाथिको विश्वासलाई यसरी निमोठ्ने काम राज्यले नै गर्छ भने कस्ता कुरालाई प्रश्रय देला त ? हामी सबैको चिन्ताको विषय बनेको छ । 

https://youtu.be/nQ_-FfiSTcI?si=rzV-wWsZR4MUNhcv

प्रतिक्रिया

युवराज घिसिङ १७ माघ २०८०, बुधवार

यो सकारात्मक समाचारको लागि धेरै धेरै धन्यवाद अागमि दिनहरुमा र अाउदो दिनहरूमा पनि यस्तै सकारात्मक समाचारको अपेक्षा राख्दछु र अन्तमा फेरि पनि मुरी मुरी धन्यवाद सम्पादक ज्युलाई 🙏

नारायण कुमार चापागाई १७ माघ २०८०, बुधवार

घिनलाग्दो कानुन।

तिलक तामाङ २९ पौष २०८०, आइतबार

धन्यवाद सत्य तथ्य समाचार राख्नु भएको मा

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार