योङ इन्डिजिनिस्ट लिग हाई कमाण्ड्को बैठकले गर्यो ३ तिन महिने कार्यक्रमको घोषणा

Nigarani Online 431+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

 मकवानपुरमा भएको योङ इन्डिजिनिस्ट लिग (वाई.आई.एल) “हाई कमाण्ड” को तीन दिने बैठक शनिवार सम्पन्न भएको छ ।  यहि भाद्र २७,देखि २८,२९ गते सम्म चलेको बैठकमा बैठकमा (वाई.आई.एल)का चिफ कमान्डर सनम लिम्बुको अध्यक्षतामा २१ जना हाई कमाण्ड सदस्यहरुको सहभागिता थियो ।

इतिहासदेखी एकलराष्ट्रिय राज्य  औपनिवेशिकताद्धारा हुँदै आएको जातिय–संहार अन्त्य गर्दै वहुलराष्ट्रिय राज्य नेपाल हाम्रो न्युतम लक्ष्री हो। यस मार्फत स्वदेशी राष्ट्रहरूलाई स्वशासन साथै आत्मनिर्णयको अनुभूति गराउनेछ जुन भनेको राज्यत्व हो । राज्यत्व प्राप्तिको हाम्रो लक्ष्य हासिल गार्नको  लागि चार बिकल्प र चार तयारीलाई अगाडि बढाएका छ।  स्वदेशवाद,बहुल राष्ट्रिय राज्य र सामुदायिक समाजवाद स्थापनर्थ देश ब्यापी रुपमा दृश्य र अदृश्य संघर्ष र बिद्रोहको कार्यक्रमहरु घोषणा गर्ने निर्णय भएको छ ।साथै,समसमायिक राजनितिक लगायत समग्र देशको विविध विषयमा बैठक केन्द्रीत रहेर छलफल भएको थियो ।

(वाई.आई.एल) चिफ कमान्डर सनम लिम्बुले भने —“बैठकमा तीन महिना भित्रमा तीन कमान्ड अन्तर्गत २१ राष्ट्रिय बाहिनीहरुको निर्माण गर्दै ५ हजार युवा अग्रदस्ता (वाई.आई.एल) सदस्यहरुका उपस्थितिमा (वाई.आई.एल) पहिलो ऐतिहसिक राष्ट्रिय सम्मेलन गरिने छ , असोजमा करिब १५ करोडको लगानीमा बन्ने पल रिन्छेन दोर्जे एकेडमी (वाई.आई.एल) को पहिलो अकेडमी निर्माणको सुरुवात गरिने छ र फस्ट नेशन बिल्डर्स लिमिटेडको उदघाटन मङ्सिर महिनामा  (वाई.आई.एल) को राष्ट्रिय सम्मेलन लगत्तै हुनेछ । ” (वाई.आई.एल) ले देशब्यापी भित्ते लेखन कार्यक्रम, मासिक पत्रिका प्रकाशन लगायत कालो बजारी , भ्रस्ट्चारि, जल जमिन जङ्गल माथी को अतिक्रमण गर्ने दलालीहरुको बिरुद्ध सशक्त बिरोध सहित त्यसलाई न्युनिकरण गर्नको लागि देशब्यापी कारबाहीको घोषणा भएको समेत व्यक्त गरे । उनले अदृस्य भई गर्ने संघर्ष र विद्रोहको कार्यक्रमहरु बारे भने खोलेका छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै