मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

हेटौंडा –९ मा गोली प्रहार गर्ने ३ जना पुर्पक्षका लागि थुनामा

Nigarani Online 450+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

हेटौंडा उपमहानगरपालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । हेटौंडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

मंसिर १९ गते राती गोली प्रहार गरी २० गते फिरौती माग्ने ३ जनालाई नै प्रहरीले पक्राउ गरी ९० दिनसम्म आवश्यक अनुसन्धान गरी अदालत पेश गरेको थियो । मंगलबार जिल्ला अदालतकी माननिय न्यायाधीश मन कुमारी जिएम विकको इजलाशमा अभियुक्तहरुलाई पूर्पक्षका लागि भीमफेदी जेल चलान गरिएको हो । गोली प्रहारपछि पक्राउ परेका अभियुक्तहरुले सूर्यप्रसाद पौडेलस“ग एक करोड रुपैया“ माग गरेका थिए । प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली बरामद गरेको थियो । हेटौंडा उपमहानगरपालिका–९ मा घर भएपनि हेटौंडा उपमहानगरपालिका–४ मा पौडेल डेरा लिएर बसेका थिए । लागुऔषध समेतको कारोबार गर्ने तीन अभियुक्तको साथबाट प्रहरीले २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलीग्राम खैरो हिरोइन, लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैया“ नगद बरामद गरेको थियो । पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध र हातहतियारसम्बन्धी मुद्दा चलाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार