हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा पार्क निर्माण हुने भएको छ ।
गुरू रिन्पोछे पार्कको शनिबार वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले शीलान्यास गर्नुभयो । गुरू रिन्पोछे पार्कका गुरू दुर्गा बल लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा आग्रा काभ्रेलि टोल विकास संस्थाका अध्यक्ष भक्तलाल घलानलगायतले मन्तव्य व्यक्त गरेको थिए ।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पार्क निर्माण सम्पन्न गर्नका लागि प्रदेश सरकारका तर्फबाट आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले पार्क निर्माण अघि बढाउन के कसरी जान सकिन्छ भन्ने विषयमा आफूले पनि सल्लाह लिने र सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान हेटौडा उपमहानगरपालिका वडा नम्बर १२का वडाध्यक्ष ज्ञान बहादुर श्रेष्ठ, आाग्रा काभ्रेली टोल विकास संस्थाको अध्यक्ष भक्तलाल घलान, कल्याण टोल विकास संस्थाको अध्यक्ष युनिस घलान, नेकपा माओवादी केन्द्र हेटौँडा १२ का अध्यक्ष रामहरि पोखरेल, प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष आइतेराम थिङ, सक्षम टोल विकास संस्थाको अध्यक्ष रविन्द्र केसी, पञ्चशील युवा क्लबको अध्यक्ष सुनिल लोप्चन
नेकपा माओवादी केन्द्र १२ हेटौँडा १२ नम्बर वडा सदस्य रबि कुमार प्रधान, खार्पाली गुम्बा सचिब तुलराज थिङ, अखिल नेपाल खेलकुद महासंघ नगर सदस्य विरेन कुमार लोप्चनलगायतको आतिथ्यता रहेको कार्यक्रम सञ्चालन अनिल बसेलले जानकारी दिएका छन् ।