काठमाडौं । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतका प्रतिनिधि मण्डलबीच द्विपक्षीय बैठक भएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ भेटवार्ता भएको थियो । त्यसलगत्तै दुई देशका प्रतिनिधिबीच भेटवार्ता भएको हो । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् ।
बैठक सकिएलगत्तै चारवटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।