मकवानपुर एभरेष्ट स्कूलमा विवश थापाद्वारा सिमारहित शिक्षण

Nigarani Online 318+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

हेटौंडा उपमहानगरपालिका ३  बसामाडीमा रहेको  मकवानपुर एभरेष्ट बोर्डिङ स्कुलका विद्यार्थी र क्यानडाका विद्यार्थी बीच सीमारहित शिक्षण  बुधबार सम्पन्न भएको छ । 

   मकवानपुर एभरेष्ट विद्यालयका विद्यार्थीहरूले क्यानडाका  शिक्षक तथा विद्यार्थीसंग बुधबार अन्तरक्रिया गरेका छन् । क्यानडाका विद्यार्थीहरूसंग  सामाजिक,आर्थिक,शैक्षिक गतिविधि सम्बन्धी विभिन्न बिषयबस्तुमा अन्तरक्रिया गरेका थिए । 

विद्यार्थीहरूले परम्परागत नृत्य, गायन पनि प्रस्तुत गरेको कार्यक्रममा  विवश जंग थापाले  सहजीकरण गरेका थिए । कार्यक्रममा देव्यांशी थापाले नेपालको लोक संस्कृतिको चिनारीको क्रममा नृत्य प्रस्तुत गर्नुभएको थियो । विद्यालयले    प्रविधिमैत्री वातावरण आत्मसाथ गर्दै  समयानुकुल विभिन्न बिषयबस्तुमा विद्यार्थीलाई सहजीकरण गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने विद्यालयका  प्रिन्सिपल आशिष कार्कीले  बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार