मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

हत्याको आरोपमा ७ जना पक्राउ

Nigarani Online 526+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

समाजमा दिन प्रतिदिन आपराधिक घटनामा वृद्धि हुँदै गइरहेको छ । हिजोको तुलनामा आजको समाज शिक्षित छ । चेतनशील र बौद्धिक पनि छ तर मानिसको व्यवहार भने झन झन खस्किँदै गइरहेको पाइन्छ । उच्चस्तरको कर्ममा लाग्नुपर्ने आजको मानिस निकृष्ट कर्मतर्फ लागिपरिरहेको छ ।

समाजमा हत्या लुटपाट जस्ता घटनामा वृद्धि भइरहेको छ । केही दिनअघि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियाका मिलन दंगालको केही व्यक्तिहरूको समूहले हत्या ग¥यो । 

चैत १९ गते बेलुकाको समयमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–८ भुवनचुली देउडीभञ्ज्याङस्थित धरान चतरा सडकको नालीमा हत्या गरिएको अवस्थामा दङ्गालको शव फेला परेको थियो । 

हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । हत्या गरेको आशङ्कामा प्रहरीले चार जना महिलासहित सात जनालाई पक्राउ गरेर जिल्ला अदालत मकवानपुरमा सात दिनका लागि म्याद थप गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नंम्बर–३ बस्ने ३६ वर्षिय प्रशान्त लामा, ललितपुर गोदावारी नगरपालिका वडा नंबर– १२ बस्ने २४ वर्षिय किसन दानी बारा निजगढ नगरपालिका वडा नम्बर–३ बस्ने १९ वर्षकी इनिसा तिमल्सेना, हेटौडा उपमहानगरपालिका वडा नंम्बर– १५ बस्ने १९ वर्षकी सुस्मिता तामाङ, सिन्धुली मरिन गाउँपालिका वडा नंबर–७ बस्ने २० वर्षिय शर्मिला मुक्तान, सोही ठाउँकी १९ वर्षिय रोजिना तामाङ, हेटौडा –१६ बस्ने २८ वर्षिय सुजन पौडेल रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार