नेपाल शैक्षिक विकास कोषद्धारा विद्यालयको शिक्षण सिकाइमा उत्कृष्ट परियोजना सञ्चालनको कारण वंश गोपाल माध्यमिक विद्यालय, हेटौडका अंग्रेजी भाषा विषयका शिक्षक सरोज लामिछाने पुरस्कृत भएका छन् । भाद्र २ गते शनिबार बेलुका जुममार्फत घोषणा भएको नेपाल शैक्षिक विकास कोष ल्भउब िभ्मगअबतष्यलब िम्भखभयिऊभलत ब्धबचम ९ल्भ्म्त्० अवार्ड २०२३ को पहिलो संस्करणका सहयोगी संस्थाहरूमा नेपाली राजदुतावास, युके, गैर आवासीय नेपाली संघ, आयरल्याण्ड र प्रविधि मैत्री शिक्षक समाज, नेपाल रहेका छन् । परियोजना उत्कृष्ट घोषण भएपछि निगरानीसँग गरिएको कुराकानी ।
निगरानी –देश भरका सामूदायिक माध्यमिक विद्यालयका शिक्षकमध्ये तपाइँको परियोजना उत्कृष्ट भएको छ । यो कस्तो परियोजना हो ?
लामिछाने– हाम्रो विद्यालयमा २०७५ साल भाद्र देखि वंश गोपाल बालवाणी नामक भित्ते पत्रिका मासिका रुपमा नेपाली र अंग्रेजी भाषामा प्रकाशन गर्दै आइरहेका छौ । यसमा विद्यार्थीहरुले आफ्नै हातले आफ्नो रचनाहरु जस्तै कथा, कविता, मुक्तक, चुटकीला कार्डबोर्डमा टाँसेर आर्कषक रुपमा सजाएर मासिक रुपमा विमोचन गरी पुस्तकालय नजिकै टाँस्ने गरिन्छ । यसले विद्यार्थीमा ज्ञान, सीप, कला र क्षमता विकास हुने र समुहमा बसेर काम गर्ने सिप पनि विकास गराउँछ । हामीले २०७५ साल चैत्रमा सानो किताब आकारमा रचनाहरू समावेश गरी भित्ते पत्रिका विशेषांङ्क पनि प्रकाशित गरेका थियौँ ।
निगरानी– यो बालबाणी पत्रिका तयार कुन समयमा गर्नुहुन्छ ?
लामिछाने– हाम्रो वंश गोपाल बालवाणी प्रकाशनको लागि १३ सदस्यीय सम्पादक मण्डल छन् । शुरुमा सम्पादक मण्डललाई भित्ते पत्रिका र रचनाका विषयवस्तुमा अभिमुखकीरण सञ्चालन गरिन्छ । सम्पादक मण्डलले काम बाँडफाँड गरी विद्यार्थीका रचनाहरू संकलन गरी प्रकाशन गर्दछ । विद्यार्थीहरूले कक्षा खाली भएको समयमा पत्रिका तयार गर्ने गर्छन् ।
निगरानी– तपाइँले कसरी नेपाल शैक्षिक विकास कोष पुरस्कार २०२३ मा यो परियोजना समावेश गराउनु भयो ? यसको उद्देश्य के हो ?
लामिछान–े नेपाल शैक्षिक विकास कोषले नेपालभरिका सामुदायिक विद्यालयका शिक्षकहरूले शिक्षण सिकाइलाई प्रभावकारी बनाउनको लागि ५ बर्ष २०१८ देखि २०२३ सम्म गरेका राम्रा परियोजना निश्चित ढाँचामा इमेल मार्फत माग गरेको थियो । यसमा कार्यक्रमका तस्बिर, भिडियो र अन्य सहयोगी सामग्री पेश गर्न आव्हान गरेको थियो । यस अवार्डको मुख्य उद्धेश्य अन्य विद्यालयमा पनि यस्तै अन्य परियोजना मा विद्यार्थी समावेश गरी सिकाइमा प्रभावकारीता ल्याउनु रहेको र शिक्षकहरूको सानो प्रयास र शिक्षा क्षेत्रमा उहाँहरूको योगदानको सम्मान गर्दै अन्य शिक्षकहरूको लागि आफनो विद्यालयमा प्रयोग गर्न मार्गदर्शक हुने उद्धेश्यले अवार्ड आयोजना गरेको आयोजक संस्थाले जनाएको छ । साथै उत्कृष्ट १० परियोजनालाइ कोषको वेबसाइटमा राखिने छ जसले गर्दा सबैले लाभ लिन सक्नेछन् ।
निगरानी– अन्त्यमा, तपाइँको परियोजना द्धितीय भएर नेपाल शैक्षिक विकास कोष पुरस्कार २०२३ को पहिलो बर्षको अवार्ड जितेर तपाइँले नगद पचासहजार र प्रमाण पत्र प्राप्त गर्नु भएको छ । आगामी बर्षको लागि परियोजना पेश गर्न इच्छुक नेपाल भरीका शिक्षकहरूलाइ के भन्न चाहनुहुन्छ ?
लामिछाने– विद्यार्थीको शिक्षण सिकाइ अभिवृद्धि गर्नको लागि केही न केही नयाँ कृयाकलाप गरौ । त्यस्ता कृयाकलापलाइ क्रमबद्ध रुपमा अभिलेख राख्ने गरौ जसले हाम्रो कामको प्रमाण दिन्छ । सकभर पाठ्यवस्तु प्रस्तुतिमा विविधता ल्याउने प्रयास गरौ जसले गर्दा हाम्रो कृयाकलाप अब्बल बन्दछ । ठूलो परियोजना होइन कि सानो कृयाकलाप बाट थालनी गरौ । प्रविधिलाइ सिकाइमा जोडौ । तपाइँको सानो प्रयासले परिवर्तन ल्याउन सक्छ र अन्य शिक्षकको लागि पनि नमूना बन्न सक्छ ।
Great achievement after getting Nepal Education Development Trust ( NEDT) Award 2023. Due to your hard work. Keep it up.