जनमुक्ति सेना मकवानपुरको तेश्रो भेला सम्पन्न

Nigarani Online 318+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

 जनमुक्ति सेना मकवानपुरको तेश्रो भेला साेमबार बागमती गाउँपालिका स्थित शसत्र युद्धताका युद्ध भएको स्थान झुरझुरे थलिमा भेला भएको थियो। बटालिएन कमान्डर प्रकाश घर्ती मगरको सभा अध्यक्षतामा भेला भएको थियो। यसै गरि नेकपा माओवादी केन्द्रको महासचिव देव गुरुङको प्रमुख आतिथ्य थियो भने नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान विशिष्ट अतिथी थियो। भेलामा नेकपा माओवादी केन्द्रको  केन्द्रिय सदस्य मानकुमारी नेपाली , केन्द्रिय सदस्य प्रल्हाद लामिछाने केन्द्रिय सल्लाहकार राम माया पाख्रीन,,बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी, पुर्व ब्रीगेड कमान्डर पदम बहादुर अस्तानी शरन,सर्केश घलान,प्रकाश चन्द्र पान्डे प्रलोक, भिम पाख्रीन , सन्तविर लो प्रजोल,कृष्न प्रसाद सुवेदी कृति,सान्त सिन्ह ठकुरी मिलन,जीवन गोले,दन्तलाल माझी किरन सुमन पाख्रीन, कम्पनी भिसी सम्मको जनमुक्ति सेनाहरु अतिथ्य रहेको थियो।भेलामा प्रमुख अतिथिती ,विशिस्ट अतिथी, र अतिथी लगाएतको वक्ताहरुले जनयुद्ध बारे आफ्नो मन्तव्य राखेको थियो।भेलामा लगभग ३० मिनेट समय लिएर प्रमुख अतिथी लगाएत सबै नेतागणहरु  युद्धताका सहिद भएकोहरुको स्थल अनुगमन र परामर्श समेत गरेको थियो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार