मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

करको दर पुनर्बिचार गर्न सहकारी सञ्जालको अनुरोध

Nigarani Online 526+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

हेटौंडा उपमहानगरपालिकाले सहकारी संघसंस्थाहरुको लागि गत नगरसभाबाट पारित सहकारी संघ संस्थाले तिर्ने व्यवशाय करको दर अव्यावहारिक रुपमा बृद्धि गरेकोमा सोको पुनर्बिचारको लागि हेटौंडा उपमहानगरलाई सहकारी सञ्जाल मकवानपुरले नगरप्रमुख र उपप्रमुखलाई ध्यनाकर्षण गराएको छ ।

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा मंगलबार हेटौंडामा बसेको जिल्ला सहकारी सञ्जालको बैठकले सो कर सहकारी संघ संस्थाको हितमा नभएकोले पुनः बिचार गर्नको लागि ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

सोही अनुसार सहकारी सञ्जाल मकवानपुरले बुधबार हेटौडा उपमहानगरपालिकाको कार्यालयमा बुझाएको ध्यानकर्षण पत्रमा “सहकारी क्षेत्रको आर्थिक अवस्था जटिल भईरहेको समयमा सरोकारवालाहरुसंग बिना परामर्श एकपक्षिय रुपमा अबैज्ञानिक र अब्यवहारिक रुपमा बृद्धि भएको ब्यवसाय करलाई ब्यवहारिक र एकरुपता कायम गर्नका लागि अविलम्ब करको दर पुर्नबिचार गर्न अनुरोध गर्दछौ ।” उल्लेख गरिएको छ ।

गत नगरसभाले हेटौडा उपमहानगरपालिकामा रहेका बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुलाई बार्षिक १२ हजार रुपैंया, बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई ८ हजार रुपैंया, अन्य सहकारी संघ संस्थाहरुलाई ५ हजार, दुग्ध उत्पादक र कृषि सहकारी संघ संस्थाहरुलाई १ हजार पाँच सय रुपैंया ब्यवशाय कर निर्धारण गरेको थियो ।

अघिल्लो बर्ष उपमहानगरपालिकाले सबै बिषयका सहकारी संघ संस्थाका लागि समान २ हजार ५ सय रुपैंया ब्यवशाय कर लिने गरेको थियो ।

सहकारी सञ्जाल मकवानपुरले दुग्ध उत्पादक र कृषि सहकारी संघ संस्थाहरुलाई उपमहानगरपालिकाले गत बर्षभन्दा ब्यवशाय कर घटाएकोमा धन्यवाद दिँदै बाँकी संघ संस्थाहरुको हकमा बृद्धि गरिएको करको दरलाई घटाई दुग्ध उत्पादक र कृषि सहकारी संघकै समान दर कायम गर्न अनुरोध गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख मिना कुमारी लामाले करको दरलाई अर्को नगरसभाबाट परिमार्जन गर्ने बताईन् ।

त्यस्तै उपप्रमुख राजेश बानिँयाले सहकारी संघ संस्थाको ब्यवशाय कर निर्धारणको सन्दर्भमा सहकारी सञ्जालको सुझावलाई आत्मसाथ गरि अगाडि बढ्ने बताए ।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा मकवानपुर जिल्ला सहकारी संघ लि.का अध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक बद्रीप्रसाद लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला बहुद्देश्यिय सहकारी संघ लि.का अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष हरिप्रसाद कडेल, जिल्ला कृषि सहकारी संघ लि. मकवानपुरकी उपाध्यक्ष रेखा खतिवडा, राष्ट्रिय सहकारी बैकं लि., बागमती प्रदेश कार्यालय प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन, फिल्ड कार्यालय हेटौडाका ईञ्चार्ज बिदुर खड्का लगायतको उपस्थिति रहेको थियो 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार