मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

अंगारेश्वर टोल विकास संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न

Nigarani Online 526+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

हेटौंडा  उपमहानगरपालिका १७ स्थित अंगारेश्वर टोल विकास संस्थाको प्रथम वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम  शनिबार सम्पन भएको छ ।

संस्थाको तदर्थ समितिका अध्यक्ष सिताराम वाइवाको अध्यक्षतामा भएको भेलाले पुनः वाइवाकै अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । 

नवगठित कार्यसमितिको उपाध्यक्षमा रमा खड्का, सचिवमा सन्तोषी खड्का, कोषाध्यक्षमा सीता दाहाल, सह–सचिव शारदा अधिकारी, र सदस्यहरूमा बिना दाहाल, वीर बहादुर गोङ्बा, सेती कुमारी गोङ्बा, मनिषा गोङ्बा, अर्चना पुडासैनी र गोमा तिमल्सिना निर्वाचित भएका छन्। 

हेटौंडा उपमहानगरपालिका वडा नं १७ का वडासदस्य कृष्ण बहादुर अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक महाशाखाका प्रतिनिधि, लेखापाल रामचन्द्र बानियाँ, सल्लाहकार कमलबहादुर विष्ट, हटिया सकोसका अध्यक्ष रमेशकुमार राना, र हेटौंडा उपमहानगरपालिका समन्वय समितिको सदस्य देवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयएको थियो ।

हेटौंडा १७ को खेलकुद तथा युवा विकास समितिले आयोजना गरेको “प्रथम वडाध्यक्ष कप रनिङ सिल्ड फुटबल प्रतियोगिता – २०८०“ मा खेल टिम सहभागी गराउन आर्थिक सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरू क्रमशः सन्तोष थापामगर, बाबु सिङ्तान लामा, सूर्य बहादुर पाख्रिन , नविन विष्ट, महेश गोङ्बा र बि. एन. के. स्नुकरलाई सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको थियो।

भेलाले अध्यक्ष सिताराम वाइवा र कोषाध्यक्ष सीता दाहालले प्रस्तुत् गर्नुभएको प्रतिवेदन पारित गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार