प्रगति माविमा भएको वक्तृत्वकला प्रतियोगितामा महतो र दाहाल प्रथम

Nigarani Online 318+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

हेटौँडा ९ स्थित प्रगति माध्यमिक विद्यालयमा आज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सहिद दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा आधारभूत तह र माध्यमिक तहका गरी १९ जना विद्यार्थीेले भाग लिएका थिए । 

प्रतियोगितामा आधारभूत तहतर्फ कक्षा ७ का निरन्जन महतो प्रथम, कक्षा ८ की कृज्मा अर्यालय द्वित्तीय, कक्षा ७ का शशाङ्क शाही तृतीय र कक्षा ७ कै दीया पराजुली सान्त्वना भएका थिए । यसैगरी मावितर्फ कक्षा १० की प्रकृत दाहालाई उत्कृष्ट हुन सफल भइन् । 

प्रतियोगितामा कक्षा ७, ८, ९ र १० का छात्रछात्राले भाग लिएका थिए । विद्यालयका प्रधानाध्यापक निरन्जप्रसाद ढकालको अध्यक्षतामा भएको प्रतियोगितामा शिक्षकहरू यादवप्रसाद दाहाल र मन्दिरा रुम्बाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने ज्योति न्यैापानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 


प्रतिक्रिया

Krishna dahal १९ माघ २०८०, शुक्रबार

Thanks teachers team and management.

Rabindra Kumar १६ माघ २०८०, मङ्गलबार

Xaina

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार