दसैँमा सुनसान हेटौँडा बजार, कुनै सरकारलाई पनि छैन चासो

Nigarani Online 318+ समाचार ( )
२९ अशोज २०८०, सोमबार

नेपालमा अघिपछि नभएको व्यापार दसैँमा हुने आशा गरिन्छ । व्यापारीहरू पनि अन्य समयमा कोठाभाडा र सामान्य खर्च धान्ने गरी व्यापार हुँदा सन्तुष्ट नै हुन्थे किनकि दसैँमा भएको व्यापारले उनीहरूलाई वर्ष दिनभरीलाई धान्थ्यो । 

दसैँमा एकै दिन १०÷२० लाखको व्यापार गर्थे व्यापारीहरू । हेटौँडा १० बसपार्कमा कपडा व्यापारी कविन्द्र भट्टराई पहिला पहिलाको दसैँको समयमा दिनमै १० लाखसम्मको कपडाको व्यापार गरेको बताउँछन् । 

तर अहिले कपाडा पसलमा व्यपार नै छैन । पहिला पहिला हिँउदमा भएको जतिको पनि व्यापार नभएको व्यापारीरूको गुनासो छ । 

हेटौँडाको बसपार्कमा रहेको हङ्कङक बजारमा पइिला राख्ने ठाउँ हुदैनथ्यो । अहिले  मानिस नै आएका छैनन् । सबै पसलहरू सुनसान अवस्थामा छ । 

कपडा मात्र होइन, अन्य कुराको व्यापार व्यवसाय पनि त्यस्तै छ । खाद्यान्नको भाउ आकासिएको छ जसले गर्दा हेटौँडाको खाद्यान्न पसलमा ग्रहक सामान किन्न गएका छैनन् । 

अधिकाँश मानिस बाराको जितपुर तथा केही भारतको रक्सोल जाने गरेका छन् । धेरै व्यापार हुने बसपार्क, स्कुलरोड, खोपेगल्ली, कान्तिराजपथ, मेनरोडका पसलहरूमा कोही ग्राहक आउँछन कि भनेर व्यापारीहरू कुरेर बसेका छन् । पहिला मानिसलाई समान दिएर फुर्सद नहुने ठाउँमा अहिले बाटो हिँड्ने मान्छे कोही पसलमा आइदिए पनि हुन्थ्यो भनेर ढुकेर बस्नुपर्ने अवस्था देखिन्छ । 

दसैँमा इलेक्ट्रोनिक सामान किन्नेहरूको त्यत्तिकै भिड हुन्थ्यो । फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, टेलिभिजनलगायतका समान किन्नेहरूको पसलमा भिड लाग्ने गथ्र्याे तर अहिले इलेक्ट्रोनिक पसलहरूको अवस्था पनि सुनसान छ । फर्निचर पसलहरूको व्यवसाय पनि पहिलाको तुलनामा पचास प्रतिशत कमी आएको फर्निचर व्यवसायीहरू बताउँछन् । 

दसैँ सुरु भए पनि देशकै मुख्य सहर हेटौँडाको बजारमा दसैँको रौनकता नदेखिँदा लाग्छ अब मानिसले विगतका तुलनामा फजुल खर्च गरेर चाडबाड बनाउने परम्परामा कटौती गरेका छन् । 

देशमा अहिले आर्थिक कारोबार अत्यन्तै कमी आएको छ । मानिसको आमदानीमा कमी आएको छ । विदेश गएका व्यक्तिहरूले पनि फजुल खर्च गर्नुहुन्न भन्ने महसुस गर्न थालेका छन् । कोरोना कालपछि नेपालमा व्यापार व्यवसायमा कमी आउन थालेको हो । 

बजार सरकारको नियन्त्रणमा हुनुपर्छ । सरकार पनि नागरिकको हितमा सधैँ चिन्तनशील हुनुपर्छ । सरकारले नागरिकको आर्थिक हैसियत अनुसारको बजार भाउ निर्धारण गरिदिनुपर्छ । त्यसै अनुसारका सामान बजारमा उपलब्ध गराउने वातावरण सिर्जना गरिदिनुपर्छ ।  अनि मात्र बजारको महत्व बढ्छ । बजारलाई मानिसले विश्वास गर्छन् । यहीका व्यापारीको कारोबार वृद्धि गर्ने गरी आफ्नो आवश्यकताका सामान खरिद गर्छन् । 

यहाँ न बजार सरकारको नियन्त्रणमा छ न सरकार जनताको चासो र चिन्ता गर्छ । आर्थिक अवस्था सुधार्नका लागि अब मेजर अपरेसन चलाउने फोस्रा भाषण दिएर बस्ने प्रधानमन्त्रीलाई बजार चिन्ता छैन । यहाँको व्यापार व्यवसायको कुनै सरोकार छैन । किन कजारको चहपहल घट्यो भनेर खोजी गर्ने र त्यसको समाधानका उपायको खोजी गर्ने काममा कहिल्यै सरकारले चासो र चिन्ता लिएको पाइँदैन । 

देशप्रति चासो नहुने देशका व्यापार व्यवसाय, नागरिकको मर्मलाई कुनै ख्याल नगर्ने सरकार हुन र नहुनुको के अर्थ ? 

स्थानीय सरकारले पनि चासो लिनुपथ्र्याे होला ? प्रदेश सरकार कुनै कुरामा चासो राख्दैन भने त्यो प्रदेश सरकारको के अर्थ ? प्रदेश सरकारलाई न नागरिको सरोकारका विषयमा चिन्ता छ न राष्ट्रिय मुद्धामा चिन्ता लिनुपर्ने बाध्यता छ 

। प्रदेशकै राजधानी रहेको हेटौँडामा बजार सुनसान हुँदा यहाँका मानिसले दसैँ मनाउन नसक्ने अवस्था हुँदा देखेको नदेखेके गर्ने प्रदेश सरकार हुनु र नहुनुले के अर्थ राख्छ ? 

स्थानीय सरकारलाई त केही चासो नै छैन । देशको आर्थिक अवस्था डामाडोल भइरहेको छ । तर विभिन्न खण्डमा विभाजन गरिएका सरकारहरूलाई यस कुराले अलिकति पनि छोएको छैन । 




प्रतिक्रिया

Raju chaulagain ३ कार्तिक २०८०, शुक्रबार

Marne gare dherai dam leya pache ka bata hunx tw

Dhiraj Dhakal २ कार्तिक २०८०, बिहीबार

अब यो तिन तह को सरकार नेपाल को अर्थतन्त्र ले धान्न सक्दैन यो भर्स्तचारि सरकार को अा यु अब सकिन लाग्यो /

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार