हेटौँडा १२ स्थित टासी तेर्लिङ गुम्बा संरक्षणमा सरकारी निकायको बेवास्ता

Nigarani Online 505+ समाचार ( )
२२ भाद्र २०८०, शुक्रबार

हेटौँडा १२ पान्तलेस्थित टासी तेर्लिङ गुम्बा संरक्षणको अभावमा भग्नावशेषमा परिणत हुँदैछ । यो जिल्लाकै सबैभन्दा पुरानो गुम्बामध्ये एक हो । २००३ सालमा यहाँका समाजसेवी, भद्रभलाद्मीहरूले यो गुम्बाको निर्माण गरेका थिए । 

यस गुम्बा निर्माणमा त्यति बेलाका समाजसेवी बरु लामा रुम्बाले अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले २००३ सालमा यो गुम्बा बनाउनुभएको गुम्बा संरक्षण समितिका सदस्य पाल्साङ लामा लोप्चनले बताउनुभयो । यस गुम्बाको निर्माणमा त्यतिबेला ६ सय घरधुरीले सहयोग गरेका थिए । 

गुम्बाको महत्वलाई माथि पु¥याउन धावा लामा, जीवी लामा, शंकर लामालगायतका लामा गुरुहरु, समाजसेवीहरूले धेरै ठुलो योगदान दिनुभएको छ  । उहाँहरूकै योगदानले यो गुम्बा मकवानपुरमा मात्र होइन बारा पर्सासम्म चर्चित थियो । बाराका विभिन्न भाग र पर्साका बुद्ध धर्ममा आस्था राख्नेहरू यहाँ दर्शनका लागि आउने गर्थे । 

तर अहिले यसको अवस्था हेर्ने हो भने जोकोही बुद्ध धर्ममा आस्था राख्नेहरुको मन रुवाउने अवस्थामा पुगेको छ । गुम्बा भवनको नाम निशान छैन । ४ कठ्ठा ९ धुर जग्गा गुम्बाको नाममा छ तर सो जग्गाको संरक्षण हुन सकेको छैन । वरिपरि पर्खाल त लगाइएको छ तर घाँस र झारले पुरिएको अवस्थामा देखिन्छ । गुम्बा व्यवस्थापन तथा जी.सी शाखाबाट मान्यता प्राप्त यस गुम्बामा सम्भोटा लिपि तामाङ भाषा र बुद्ध दर्शन अध्ययन गराउनसमेत अनुमति प्राप्त छ । यस काममा तत्कालीन समाजसेवी तथा लामा गुरु शंखर लामाले धेरै ठुलो योगदान पु¥याउनुभएको थियो । तर उहाँको अचानक निधनपछि यो काम अगाडि बढ्न सकेको छैन । 

२०७२ सालको भूकम्पले गुम्बालाई ठुलो क्षति पु¥यायो । सरकारले रातो स्टिकर टाँस्यो । भवन निर्माणाका लागि ४५ लाख रुपियाा बजेट परेको छ भनियो तर पछि त्यो पैसा पाउन सकिएन भन्नुहुन्छ समितिका सदस्य पाल्साङ लामा । 

 यस गुम्बामा त्रिपिटक, प्राचीन सामग्री र पुस्तकहरू रहेको गुम्बाका प्रमुख लामा पुण्यसिद्धी लामा बताउनुहुन्छ । यस गुम्बाको महत्वलाई माथि पु¥याउन हरेक वर्ष कार्तिक शुक्ल पूर्णमा दिन विशेष पूजासहित मेलाको समेत आयोजना भइरहेको छ । 

राज्यले यस प्राचीन गुम्बाको संरक्षणमा वास्ता नगरेकोमा यहाँका स्थानीयको चित्त दुखाइ छ । राज्यले सबै धर्मलाई समान महत्त्व दिने भनेर संविधानमै लेखिसकेको छ । नेपाललाई विश्वमा कहीँ कतै चिनाउने कुनै धर्म छ भने त्यो बुद्ध धर्म नै हो । बुद्धको भूमिमा बुद्ध धर्मलाई बेवास्ता गर्नु यस्ता बुद्ध धर्म र दर्शनका प्रतीक गुम्बाहरूको संरक्षण नहुनु राज्यका लागि नै लज्जाको विषय हो । 

केही दिनअघि मकवानपुर क्षेत्र नम्बर १ का सांसद दीपकबहादुर सिंह भने सो गुम्बामा पुगेर गुम्बा निमाण गराएरै छाड्ने बचन दिनुभएको छ । 

यस गुम्बाको संरक्षणमा सञ्चालक समितिले विशेष पहल गर्नैपर्छ । राज्यका निकायले यसको जीर्णाेद्धारमा सहयोग पु¥याउनै पर्छ । गुम्बा निर्माण तथा जीर्णाेद्धारमा सहयोग गर्ने निकायहरुमा पुगेर पहल गर्ने काम चाहिँ समितिले नै गर्नुपर्ने हुन्छ । सहयोग गर्छु भन्ने सांसदहरुसँग सहयोगको लागि ताकेता लगाउने काम पनि समितिले नै गर्नुपर्छ । यहाँ गुम्बा बनाउने र पूर्व लामा गुरुहरुले सुरु गरेको सम्भोटा लिपि, तामाङ भाषा, बुद्ध दर्शनको अध्ययन गराउने काममा सबै पक्ष लाग्नुपर्छ । 


जुन समाज बुद्ध दर्शनमा विश्वास गर्छ त्यो समाजमा शान्ति र मेलमिलाप हुन्छ ।  गुम्बा संरक्षण समितिको अध्यक्षमा मङ्गलबहादुर लामा, सचिव सुनीता लामा, कोषध्यक्ष बिना लामा, सहसचिव बुद्धिमान वाइबा हुनुहुन्छ भने प्रमुख लामा पुण्यसिद्धि लामा । अब यसको संरक्षण र गुम्बा निर्माणमा उहाँहरूले र्नै राज्यका निकायलाई झकझक्याउने काम गर्नुपर्ने हुन्छ । 

राज्य त नझकझक्याएसम्म केही पनि गर्दैन । नेपालको सरकार त मस्त निद्रामा बस्छ । उसलाई उठाउनुपर्छ, ब्युँझाउनुपर्छ, झकझक्याउनुपर्छ अनि मात्र आँखा खोल्छ त्यसैले यो काम समाजका सचेत वर्गले नै गर्ने हो समाजका अग्रपङ्क्तिमा रहन खोज्नेले नै गर्ने हो । यो गुम्बाको निर्माण चाँडै होओस् र सबैको साथ र सहयोग पाओस् ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार