मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

अत्यधिक लोडका सवारीले हेटौँडा असुरक्षित रहेको भन्दै जसपाको ध्यानाकर्षण

Nigarani Online 526+ समाचार ( )
११ माघ २०८०, बिहीबार

जनता समाजवादी पार्टी मकवानपुरले जिल्ला ट्राफिक कार्यालय परिसरमा यही माघ १५ गते धर्ना दिने भएको छ । 

विभिन्न चुन ढुङ्गा खानीबाट सवारी साधन ऐन विपरीत अत्यधिक लोडका मालबाहक सवारी साधन सञ्चालन भइरहेको सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेकाले धर्ना दिन लागेको जसपा मकवानपुरले जनाएको छ  । 

पार्टीका जिल्ला अध्यक्ष सोमबहादुर घलानले आज एक विज्ञप्ति जारी गर्दै यस्ता सवारी साधनले मुख्य राजमार्ग र मुख्य शहर हेटौंडामा आवतजावत गर्दा  असुरक्षित हुने भएकोले नियमन गर्न सम्बन्धित निकायलाई पटक पटक आग्रह गरिएको भन्दै सबैले बेवास्ता गरेको उल्लेख गरिएको छ । 

जसपाले पुस ५ गते सम्बन्धित निकायलाई जानकारी गराइएको जनाएको छ ।  पुस २६ गते जिल्ला प्रसाशन कार्यालयमा पनि ज्ञापन पत्र बुझाइएको र माघ ६ गते  सूचना जारी गर्दै जिल्ला ट्राफिक कार्यालयमा धर्ना दिँदा पनि ओभरलोड नियमन नभएको भन्दै नियमन गर्ने कार्यालयहरूले जवाफ दिन नसक्नुको कारण माग गरिएको छ । 

जिल्ला प्रसाशन कार्यालयले पनि यस सम्बन्धमा अटेर गरिरहेकोले व्यवसायी प्रशासन प्रहरीबिच सम्बन्ध रहको आशङ्का उब्जिएको जनाइएको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार