विन्दबासिनी पब्लिक स्कुलमा एक दिने शिक्षक तालिम

Nigarani Online 433+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

बारा जिल्लाको निजगढ नगरपालिका वडा नं ११ स्थित  बिन्दबासिनी पब्लिक स्कूलमा  एक दिने अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी तालिम सम्पन्न भएको छ । 

विद्यालयमा अध्यापनरत  शिक्षकहरूको क्षमता  अभिवृद्धिको लागि गरिएको तालिममा  अंग्रेजी भाषा विषयका प्रशिक्षक सरोज लामिछानेले एकीकृत पाठ्यक्रम र मूल्याङ्न पद्वति, शिक्षणमा नवीनतम विधी,  खेल विधिको  बारेमा छलफल गर्नुभएको थियो । 

 कार्यक्रम विद्यालयका सञ्चालक सन्तोष बस्नेतको अध्यक्षता र निजगढ नगरपालिकाका उप प्रमुख  सोममाया थिङको प्रमुख आतिथ्यतामा भएको  थियो । कार्यक्रममा प्रमुख अतिथि थिङले  अब शिक्षकहरूले आफूलाई समयानुकूल परिवर्तन गरी क्रियाकलापमा केन्द्रित विधि प्रयोग गरी बाल मनोविज्ञान अनुरुप शिक्षण गर्नुपर्ने बताउनुभयो ।   उहाँले प्रविधिको कारण विद्यार्थी शिक्षकभन्दा अगाडि भइसकेकोले शिक्षकले समय अनुरुप शिक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले समय समयमा यस्ता खाले कार्यक्रम गर्दै गएमा कक्षाकोठाको सिकाइ प्रभावकारी हुनुको साथै सिकारुको  सृजनात्मक क्षमतामा वृद्धि हुने बताउनुभयो । 

विद्यालयका प्रिन्सिपल कृष्णदेव भण्डारीले  शिक्षकहरूले तालिममा सिकेका विषयवस्तु शिक्षणको क्रममा प्रयोग गरी विद्यार्थीलाई रमाइलो वातावरणमा सहजीकरण गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष सहइया गुरो थारू, एन प्याब्सन, बाराका कोषाध्यक्ष मदन रिजाल, एकता स्कूल सिमराका संस्थापक दिवस न्यौपानेको उपस्थिति रहेको थियो ।  शिक्षकहरू पृथीराज खत्री र शर्मिला खत्रीले कार्यक्रमको बारेमा प्रतिक्रिया व्यक्त गर्नुृभएको थियो । कार्यक्रम काशीराम राउतले  सञ्चालन गर्नुभएको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार