मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

मिल्क होलिडे र बिक्रीमा कमीका कारण भुक्तानीमा ढिलाइ भएको हो ः सञ्चालक लामा
शुभ डेरीबाट चार महिनादेखि दुधको पैसा नपाएको किसानहरूको गुनासो

Nigarani Online 520+ समाचार ( )
सरोज लामिछाने
३ कार्तिक २०८०, शुक्रबार

हेटौँडा ९ त्रिवेणीनगर स्थित शुभ डेरी इन्डस्ट्रिज प्रालिले लामो समयदेखि किसानलाई दुधको पैसा भुक्तानी नगरे भन्दे किसानहरूले चिन्ता व्यक्त, गरेका छन् । 

असार महिनादेखिको दुधको पैसा दुध डेरीले भुक्तानी नगरेको भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका हुन् । 

शुभडेरीले लामो समयदेखि किसानको  दुधको पैसा नदिएको भन्दै किसान कविन्द्र राज भट्टराईले गुनासो गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा अहिलेसम्म आफूले पाँच सय लिटर दुध शुभ डेरीलाई बिक्री गरिसक्दा एक रुपियाँ पनि पैसा नपाएको बताउनुभयो । 

शुक्रबार बिहान डेरीका दूध भर्ने कर्मचारीसँग किसानहरूले गुनासो पोख्दै तत्काल पैसा दिन आग्रह गरेको थिए । तर कर्मचारीले डेरीको मेसिन महिनामा पाँच दिन मात्र चल्ने र अन्य दिन मेसिनले काम नगर्ने हुनाले भुक्तानी दिन नसकिएको बताए । 

यता  शुभ डेरीका सञ्चालक ज्ञान राज लामासँग बुझ्दा उहाँले साउनसम्मको रकम किसानलाई भुक्तानी दिएको र भदौको तिहारअघि भुक्तानी गर्ने बताउनुभयो र त्यसपछि लगभग एक महिनाको रहने र  बजार राम्रो भएमा नियमित रकम उपलब्ध गराउनमा सहज हुने  भन्नुभयो ।  केही समयअघि दुधको मूल्य बढेको तर  दुधको बजार ६० देखि ६५ घटेको र मकवानपुरमा मिल्क होलिडे भइरहेको कारणले दुधको उपभोक्तामा कमी भएकोले भुक्तानीमा   केही ढिलाइ हुन पुगेको  बताउनुभयो । “अन्यत्र डेरीमा मिल्क होलिडे भए पनि हामीले किसानलाई मर्का नपरोस भनेर नियमित दुध संकलन गरिरहेका छौं” उहाँले भन्नुभयो । 

डेरीको ९५ प्रतिशत कच्चा पदार्थ दुध नै रहेको हाल बटर र पाउडर मात्र ६–७ करोड जतिको बाँकी रहेको, समय र किसानहरूसंग हालेमालो गर्दै अघि बढनुपर्ने, छुर्पी बाहिर निर्यात गराउने गरेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार