वाग्मती प्रदेश भ्रमण वर्ष घोषणा

Nigarani Online 499+ समाचार ( )
१६ पौष २०८०, सोमबार

बागमती प्रदेश सरकारले सन् २०२४ लाई भ्रमण वर्षको रूपमा घोषणा गरेको छ । बागमती प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य अनुसार भ्रमण वर्षको घोषणा गरिएको हो ।

भ्रमण वर्ष घोषणा गर्दै संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवागमन बढाउँदै अर्थतन्त्रलाई समेत गतिशील बनाउने लक्ष्य लिएको बताउनुभयो । 

विश्व सम्पदा सूचिमा समेत समावेश भएका यस्ता ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको उचित संरक्षण र प्रचारप्रसार गरी आगामी दिनहरुमा धेरै भन्दा धेरै पर्यटकहरुले भ्रमण तथा अवलोकन गर्ने वातावरणको निर्माण गर्नु भ्रमण वर्षको मूल उद्देश्य भएको उहाँले बताउनुभयो ।

वागमती प्रदेशको आफ्नो मौलिक पहिचान रहेको , ऐतिहासिक र पुराना शहर, वस्तिहरुका साथै विभिन्न कला, संस्कृति, चाडपर्व र रहनसहन लगायतका विविधताले सम्पन्न रहेको छ भन्दै शुभकामना सन्देशमा मनमोहक हिमालका साथै जैविक विविधताले सम्पन्न विभिन्न प्राकृतिक सम्पदाहरु समेत रहेका कारण यहाँ पर्यटक बढाउन सकिने उल्लेख गरिएको छ । 

 धेरै भन्दा धेरै पर्यटकहरुले भ्रमण गर्ने वातावरणको निर्माण गर्नुका साथै भावी पुस्ताका लागि समेत यस्ता धरोहरहरु संरक्षण एवं हस्तान्तरण गर्ने वातावरण निर्माणका लागि समेत भ्रमण वर्षको अवधि भरमा विभिन्न कार्यक्रमहरुको सञ्चालन गर्ने उद्देश्य रहेको बताइएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार