मुख्य समाचार
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन | धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली | नेपाल शैक्षिक विकास कोष (एनइडीटी)द्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न | मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न |

लेखक भुजेलद्वारा प्रगति माविका ६२ जना विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण

Nigarani Online 453+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

नेपाली भाषाका शिक्षक तथा लेखक ध्रुवकुमार भुजेलले हेटौँडा ९ स्थित प्रगति माविका विद्यार्थीहरूलाई व्याकरण पुस्तक निःशुल्क वितरण गर्नुभएको छ ।

प्रगति माविमा कक्षा ११ मा अध्ययनरत ६२ जना विद्यार्थीलाई उहाँले  ‘उपयोगी नेपाली व्याकरण तथा रचना’ पुस्तक निःशुल्क वितरण गर्नुभएको हो ।

लेखक भुजेलले आफैँले लेख्नुभएको सो पुस्तक मकवानपुरका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क पुस्तक वितरण गरिरहनुभएको छ । कक्षा ११ र १२ का लागि उपयोगी हुने सो व्याकरण हेटौँडा १३ को महेन्द्र मावि, हेटौँडा १४ को जनज्योति मावि, मकवानपुरगढीको भानु माविलगायतका विद्यालयका विद्यार्थीलाई वितरण गरिसकेको लेखक भुजेलले बताउनुभयो । 

उहाँले जिल्लाका ५ सय विद्यार्थीलाई निःशुल्क वितरण गर्न लागेको बताउनुभयो । 

पुस्तक प्राप्त गरेपछि विद्यार्थीहरूले नेपाली भाषा विषयको पढाइलाई सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरेका छन् । 

यसैगरी प्रगति माविका प्रधानाध्यापक निरन्जनप्रसाद ढकालले लेखक भुजेलले विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै उहाँको यस योगदानलाई विद्यालयले सधैँभरि सम्झिरहने र उचित समयमा सम्मान गर्ने बताउनुभयो । 

लेखक भुजेलले विभिन्न तह कक्षाका लागि व्याकरण पुस्तक लेख्नुभएको छ ।  कक्षा ४ र ५ का लागि ‘उपयोगी नेपाली व्याकरण पत्र लेखन तथा निबन्ध’, कक्षा ६,७ र ८ का लागि पनि ‘उपयोगी नेपाली व्याकरण पत्रलेखन तथा निबन्ध’, कक्षा ९ र १० का लागि ‘उपयोगी नेपाली व्याकरण तथा रचना’ र कक्षा ११ र १२ का लागि ‘माध्यमिक नेपाली व्याकरण तथा रचना’ प्रकाशन गर्नुभएको छ । सो पुस्तक अवतार प्रकाशन हेटौँडाले प्रकाशन गरेको हो ।

सप्तरी, मकवानपुरलगायतका जिल्लामा गरी करिब ३८ वर्ष शिक्षण गर्नुभएका लेखक ध्रुवकुमार भुजेलले जिल्ला शिक्षा कार्यालय मकवानपुर, सप्तरीबाट प्रशंसापत्र प्राप्त गर्नुभएको छ । यसैगरी विभिन्न विद्यालय र मकवानपुर गढी गाउँपालिकाले सम्मान गरेको छ । हाल अवकास जीवन बिताइरहनुभएका भुजेल लेखन कार्यमा समय बिताइरहनुभएको छ  ।

प्रतिक्रिया

Abhimanyu Gautam २४ माघ २०८०, बुधवार

सेवा निवृत्त जीवन पनि शैक्षिक क्षेत्रमा याेगदान दिनुभएका निवृत्त शिक्षकलाई यस्ता प्रकाशन र लेखनमा अझ उत्त गतिकाे शुभकामना ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार