मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

बुढ्यौली साहित्य समाज महोत्तरीको दोस्रो शृङ्खला तथा नयाँ कार्यसमिति चयन

Nigarani Online 520+ समाचार ( )
१३ अशोज २०८०, शनिबार

बुढ्यौली साहित्य समाज महोत्तरीको दोस्रो शृङ्खला तथा भेला शनिबार सम्पन्न भएको छ । समाजका संयोजक लालबाबु पोखरेलको अध्यक्षतामा सम्पन्न सो शृङ्खलामा साहित्यकारहरूले विभिन्न लयका गीत, गजल र कविता वाचन गरेका थिए । 

कार्यक्रममा जानकी नारी समाज अध्यक्ष मञ्जु श्रेष्ठ,बलेसी साहित्य महोतरी अध्यक्ष भीमकुमार राउत, छन्द चौतारी अध्यक्ष प्रेम घिमिरे,मिथिला साहित्य प्रतिष्ठानका संयोजक विपिराज दहाल, बुढ्यौली साहित्य प्रतिष्ठा सर्लाही रौतहटका उपाध्यक्ष रेनु गुप्ता सचिव किसुन दयाल यादव, बर्दिवास साहित्यिक –सास्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभउको थियो । 

कार्यक्रममा बुढ्यौली साहित्य समाज धनुषा संयोजक नानीराम दहाल,विनेसास महोतरी अध्यक्ष उद्धव आचार्य र उपाध्यक्ष शान्ता काफ्ले लगायतको पनि आतिथ्यता रहेको थियो । 

भेलाले बुढ्यौली साहित्य समाज महोत्तरी  कार्य समितिको पुनर्गठन गरेको छ । पुनर्गठित समितिको अध्यक्षमा लालबाबु पोखरेल, उपाध्यक्षःरामचन्द्र यादव, सचिव नारद प्रसाद काफ्ले, सहसचिवःप्रवीणा पल्लवी, कोषाध्यक्ष विमला विश्वकर्मा, सदस्य मोहन गिरी   र सूर्य लामा रहनुभएको छ । 

प्रतिक्रिया

सबैमा हार्दिक बधाई छ २७ कार्तिक २०८०, सोमबार

सबैमा हार्दिक बधाई छ

लालबाबु पाेखरेल १७ अशोज २०८०, बुधवार

समाचार सम्प्रेषण गरिदिनुभएकाेमा हार्दिक धन्यवाद ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार