मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

मकवानपरका नेता कमल थापाको नयाँ चाल

Nigarani Online 450+ समाचार ( )
२५ पौष २०८०, बुधवार

मकवानपरका नेता कमल थापा वेला वेलामा नयाँ नयाँ अभियान ल्याउँछन् । राष्ट्रिय राजनीतिमा निकै पटक तर मारिसकेका नेता थापालाई समय समयमा चर्चामा आउन अनेक हतकण्डा अपनाउन मन लाग्छ। 

 चर्चामा आउन उनी  समयलाई सदुपयाेग गरिहाल्छन खाेज्छन् ।  गुमनाम हुनुबाट बच्नु छ त्यसैले यस्ता कुराहरू उठाउने गर्छन् । 

गतवर्षको संसदीय निर्वाचनमा संसद छिर्न सकिन्छ किभनेर केपी ओलीको शरण पर्न पुगेका थापाले सूर्य चिह्नको चाबी लिएर उभिँदा पनि संसदको ढोका उनका लागि खुल्खोन सकेन ।  बरु उल्टै लामो समय आफ्नै सहयोगी बनेको दीपकबहादुर सिंहले संसदको ढाेका खाेल्प्रन सफल भए । 

अहिले उनै थापालाई के गरूँ र कसो गरूँ भएको छ । उनी पाेखरा पुगेर देशको शासकीय व्यवस्था बदल्ने अभियानमा जुटेको बताउँदै छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले अहिलेको शासकीय व्यवस्थालाई फेर्नका लागि जनआन्दोलनको तयारी गरिएको बताएका छन् ।  सकेसम्म दलहरूबिच सहमति र सहकार्यमा परिवर्तन गर्ने र नभए जनआन्दोलन गर्न पनि पछि नहट्ने उनको चेतावनी छ ।

कुनै वेला यही गणतन्त्र र लोकतन्त्रको विरुद्धमा लागेर राजतन्त्रको वकालत गरिरहेका थापा अब यही संविधान र शासकीय स्व्यवरुप परिवर्तन गर्नुपर्छ भन्दै नागरिक झुक्फयाउने अभियानमा जुटेका छन् ।  

उनी पोखरामा भन्दै थिए,‘यो परिवर्तनलाई संस्थागत गर्न दलहरूबिच सहकार्य हुनुपर्छ । दलहरू तयार हुने हो भने यही संविधानबाट यो परिवर्तनलाई संस्थागत गर्न सकिन्छ,’ उनले भने, ‘यदि सहमति र सहकार्यबाट परिवर्तन नगर्ने हो भने जनआन्दोलन नै अन्तिम विकल्प रहनेछ । राप्रपा नेपालले जनआन्दोलनको प्रारम्भिक तयारी समेत गरिसकेको छ ।’ उनले आन्दोलन एउटा पार्टीको मात्रै नभई बृहत् रूपमा अघि बढ्ने बताए ।

उनलाई अब साँच्चै देशको अवस्थाले चित्त दुखेर यो अभियानमा लाग्न थालेका हुन् वा आफ्नो उपस्थिति देखाउन हो बुझ्न कठिन छ । राष्ट्रिय राजनीतमा चर्चामा आइरहन चाहने र कहिले राजतन्त्र त कहिले हिन्दु राज्य भन्दै विभिन्न अवसरको लाभ उठाएका थापाको यो अभियान कुन अवसर र मौकाका लागि यो अभियानको चाल चल्न थालेका हुन् बुझ्न धेरै कठिन छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार