मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |
मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |


बागमतीमा गणतन्त्र दिवस मूल समारोह समिति गठन

Nigarani Online 526+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

गणतन्त्र दिवस मनाउन बागमती प्रदेशमा मूल समारोह समिति गठन भएको छ । गणतन्त्र दिवस २०८२ भव्यताका साथ मनाउन मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको हो । शुक्रवार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रश्तुत समारोह समिति गठन र दिवसको कार्यक्रम सम्बन्धी प्रस्तावहरु सलफलसहित पारित भएको छ । मूल समारोह समितिमा प्रदेश सभाका सभामुख, सबै मन्त्री, उपसभामुख, प्रदेश सभाका विपक्षी दलका नेता, विभिन्न विषयगत समितिका सभापतिहरु, प्रदेश सांसदहरु, जिल्ला समन्वय समित मकवानपुरका प्रमुख, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, सदस्यहरु, प्रदेश सचिव, उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश, मुख्य न्यायधीवक्ता, प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्य रहने छन् । जेठ १३ गते सामाजिक विकास मन्त्रालयले ‘गणतन्त्र स्थापनाको १७ वर्षः उपलब्धी र चुनौती विषयक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना तथा व्यवस्थापन गर्ने, निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई मूल समारोह कार्यक्रममा पुरस्कार वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । साथै जेठ १३ गते विहान युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदले खेलकुद प्रतियोगिताको आयोजना तथा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ । जेठ १४ गते सामाजिक विकास मन्त्रालयले राष्ट्रियता झल्किने किसिमका चित्रकला सम्बन्धी प्रतियोगिताको आयोजना तथा व्यवस्थापन गर्नुका साथै चित्रकला प्रतियोगिताका चित्रहरु मूल समारोह कार्यक्रम हुने दिने प्रदर्शन गर्नुका साथै विजेताहरुलाई पुरस्कार वितरण गर्ने निर्णय गरेको छ । जेठ १४ गते स्वास्थ्य मन्त्रालयले सार्वजनिक रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा व्यवस्थापन गर्ने र जेठ १४ गते वन तथा वातावरण मन्त्रालयले वृक्षरोपण कार्यक्रमको आयोजना तथा व्यवस्थापन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए । साथै प्रदेश सरकारको लगानीमा निर्मित लघु चलचित्र तथा वृत्तचित्रको प्रदर्शन जेठ १४ गते साँझ ४ बजे सामाजिक विकास मन्त्रालयको हलमा गर्ने गरी सञ्चार रजिष्ट्रारको कार्यालयले व्यवस्था मिलाउने निर्णय गरिएको छ । गणतन्त्र दिवसको अवसरमा सम्बन्धित मन्त्रालय÷कार्यालयहरुले आफ्नो परिसर सरसफाई गर्ने, १५ गते नगर क्षेत्रको विशेष सरसफाईको व्यवस्थापन हेटौंडा उपमहानगरपालिकाले गर्ने निर्णय भएको छ । प्रभातफेरी र मूल समारोहमा शैक्षिक संस्थाबाट शिक्षक तथा विद्यार्थीको सहभागिताका लागि हेटौडा उपमहानगरपालिका मार्फत समन्वय गर्ने र १५ गते हुने प्रभातफेरी र मूल समारोहमा सम्बन्धित मन्त्रालय÷निकाय÷आयोग÷कार्यालयहरुले व्यानर सहित तोकिएको पोशाकमा कर्मचारीहरु उपस्थित गराउने व्यवस्था मिलाउने निर्णय गरिएको छ । बैठकले बागमती प्रदेश सभामा विपक्षी दलका नेता, बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता, विभिन्न विषयगत समितिका सभापति र प्रदेश सांसद्हरुलाई प्रदेश सभा सचिवालय मार्फत निमन्त्रणा गर्नुका साथै प्रभातफेरी र मूल समारोहमा स्थानीय तह, राजनैतिक दल, गैरसरकारी संघसंस्था, उद्योग वाणिज्य संघ लगायत आम नागरिकको अधिक सहभागिताको संयोजन जिल्ला समन्वय समिति मकवानपुरले गर्न निर्देशन दिएको छ । जेठ १४, १५ र १६ गते साँझ प्रदेशस्थित सबै मन्त्रालयहरु, मातहतका जिल्लास्थित कार्यालयहरु, सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा अन्य सार्वजनिक निकायले दीपावली गर्ने र प्रदेशबासी आम नागरिकलाई समेत जेठ १४, १५ र १६ गते साँझ आआफ्नो घर परिसरमा दीपावली गर्न बागमती प्रदेश सरकारका प्रवक्ता मार्फत अनुरोध गरेको छ । बैठकले प्रदेश स्थित सबै मन्त्रालयले आफ्नो कार्यालय परिसरमा राष्ट्रिय झण्डा फहराउने र प्रदेश राजधानी हेटौंडाको बुद्धचोक र बसपार्कमा राष्ट्रिय झण्डा फहराउने व्यवस्था आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्ने निर्णय गरेको छ । सबै मन्त्रालय तथा निकायहरुले जेठ १४ देखि १६ सम्म आफ्नो वेवसाइटको होमपेजमा ‘गणतन्त्र दिवस, २०८२ भव्य रुपले मनाऔं’ सम्बन्धी पपअप आउने व्यवस्था मिलाउने निर्णय गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार